फागुन १ गते देखि गोपीकृष्ण हल बन्द हुने

काठमाडौँ । काठमाडौँको चावहिलमा रहेको गोपीकृष्ण हल बन्द हुने भएको छ । आर्थिक संकटको कारण देखाउँदै गोपी कृष्ण मुभिज् प्रा.लि.ले हल बन्द गर्न लागेको घोषणा गरेको हो ।

आज शुक्रबार एक विज्ञप्ती जारी गर्दै हलका  प्रबन्ध निर्देशक  निरक पौडेलले हल बन्द हुने बताएका हुन् । २०५२ सालदेखि सञ्चालनमा आएको हल फागुन १ गतेदेखि बन्द हुने विज्ञप्तीमा जनाइएको छ ।

‘कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नु परेको ठुलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिन्न नै’, पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ  ।

कम्पनीले आजका दिनसम्म सबैबाट प्राप्त सहयोग, सद्भाव तथा आत्मीयताका लागि आभार पनि प्रकट गरेको छ । 

गरेको छ । 

 

Press Release_Gopi Krishna Movies