१७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने

काठमाण्डौँ - पाल्पाका १७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी गरिएको छ । पाँच वर्षमुनिका करिब १७ हजार ८४५ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने तयारी गरिएको हो ।

पाल्पाका १० वटा पालिकामा दुई चरणमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार आगामी फागुन १३ गते १६ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन हुनेछ ।