१२ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा ३३ वर्षीय श्रेष्ठ पक्राउ  

काठमाडौँ । भोजपुरमा १२ वर्षिय बालिका बलात्कारको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका-१२ टक्सार बस्ने ३३ वर्षीय बल बहादुर श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

श्रेष्ठले ती बालिकालाई मंसिर ९ गते सोही ठाउँस्थित सल्लाघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। दुवै घटनामा संलग्नमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।