अफगानिस्तानमा आधा जनसंख्या पिउने पानीको पहुँचबाट बञ्चित  

एजेन्सी । जलवायु परिवर्तन र लगातारको खडेरीले अफगानिस्तानको लगभग आधा जनसंख्या पिउने पानीको पहुँचबाट वञ्चित भएको बताएको बताइएको छ ।

देशको आधा जनसंख्या लगभग २ करोड १० लाख मानिसले पानीको अभावको सामना गरिरहेको अफगानिस्तानको राष्ट्रिय वातावरण कार्यक्रम एजेन्सी ९एर्नइपीए० का उपप्रमुख अब्दुल सलाम हक्कानीले बताएका छन् ।

हक्कानीले जलवायु परिवर्तनले पनि युद्धग्रस्त देशका ३ प्रतिशत जङ्गल नष्ट गरेको र वर्षा ३७ प्रतिशतले घटेको दाबी गरे।अफगानिस्तानले वर्षौँदेखि खडेरीको सामना गरिरहेको छ।

शहरका करिब ६० लाख मानिस पानीको चरम अभावको सामना गरिरहेका छन्। जलवायु परिवर्तनका कारण उत्पन्न हुने समस्याको सामना गर्न अनुमानित अफगानिस्तानमा २० अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताइएको छ।