पाकिस्तानमा इमरान खानको पार्टी बहुमत नजिक

काठमाडौँ - पाकिस्तानमा बिहिबार सम्पन्न आम निर्वाचनको जारी मतगणनाले जेलमा रहेका इमरान खानको पार्टीले बलियो अग्रता बनाएको छ । नेसनल एसेम्बली र प्रान्तीय चुनावका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको बताइएको छ ।

पाकिस्तान तेहरिक ए इन्साफ पार्टी पीटीआई समर्थक निर्दलीय उम्मेदवारहरूले अहिले १५० सिटमा अग्रता बनाएको विवरण सार्वजनिक भएका छन् । खानको पार्टी पीटीआइलाई निर्वाचन आयोगले चुनाव चिन्ह नदिएपछि पार्टीले स्वतन्त्र उम्मेद्वारमार्फत चुनाव लडेको हो ।