लुटेरा समूहबाट १३ वर्षीया बालिका बलात्कृत

 काठमाडौँ । महोतरीको सम्सी गाउँपालिका–२ पर्सामा एक बालिका बलात्कृत भएकी छिन् । गत माघ २२ गते १३ वर्षीया बालिका लुटेरा सामूहबाट बलात्कृत भएकी हुन्।

बालिकालाई चार जनाको समूहले २२ गते राति दुई बजे बलात्कार गरेको प्रहरीले जनाएको छ। राति लुटेरा समूहले घरमा लुटपाट गरी बालिकाकी आमा र हजुरआमालाई कोठामा थुनेर उनलाई घरबाट एक किलोमिटर टाढा खेतमा लगेर बलात्कार गरेको खुलेको छ ।

बलात्कृत भएकी बालिका आर्थिक अवस्था कमजोर भएका कारण मामा घर बस्दै आएकी थिइन्। बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चारजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।