बागमतीमा पछिल्लो २४ घण्टामा १० जना कोरोना सङ्क्रमित

हेटौँडा - कोरोना भाइरसको सङ्क्रमण विगतमा शून्य जस्तै रहेको अवस्थामा बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको सार्वजनिक गर्दै बागमती प्रदेशमा नयाँ १० जनामा  कोरोना सङ्क्रमण भएको पाइएको छ ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मङ्गलबार यस प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना कोरोना सङ्क्रमित फेला परेको जनाएको छ । सोमबार साँझको मन्त्रालयद्वारा कोरोनासम्बन्धी विवरणमा बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा सङ्क्रमण शून्य रहेको थियो । पछिल्लो २४ घण्टामा नेपालभरमा १५ जना कोरोना सङ्क्रमित थपिएको तथ्याङ्क छ ।