जाजरकोटमा पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको शव फेला

काठमाडौँ । जाजरकोटमा पहिरोले घर भत्किँदा बेपत्ता भएका वडा सदस्य दम्पतीको शव फेला परेको छ ।

बारेकोट गाउँपालिका वडा नम्बर ६ धुमामा गएराति पहिरोमा पुरिएका दम्पतीको शव बिहान निकालिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

पहिरोले घर पुरिँदा महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउने र उहाँका श्रीमान् मानबहादुर चलाउने पुरिएका थिए ।

त्यस्तै पहिरोमा पुरिएकी उनीहरुको १९ वर्षिय छोरी सम्झना चलाउनेको उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि पठाइएको छ ।