ट्याक्टरले ठक्कर दिँदा विद्यालय जाँदै गरेकी ९ वर्षीया बालिकाको मृत्यु, थप दुईजना घाइते

काठमाडौँ । महोत्तरीमा विद्यालय जाँदै गरेकी बालिकाको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । गौशाला नगरपालिका- ३ इँटाटारमा टयाक्टरको ठक्करबाट नौ वर्षीया बालिकाको मृत्यु भएको हो ।

नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा स्थानीय रामकरण महतोकी ९ वर्षीया छोरी जिया सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। बालिकाको घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्टरको ठक्करबाट अन्य दुई बालबालिका घाइते भएका छन्। स्थानीय जनता आधारभूत विद्यालय इँटाटारमा कक्षा ३ अध्ययनरत बालिकालाई आज बिहान विद्यालय जाँदै गर्दा ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ।

घटनापछि ट्याक्टर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।