असार तेस्रो सातासम्म करीब ५० हजार ऋणी कालोसूचीमा

काठमाडौँ - चालु आर्थिक वर्षको अन्तिम महिना असार तेस्रो सातासम्म कालोसूचीमा पर्नेको संख्या करीब ५० हजार पुगेको छ । चालु आर्थिक वर्षको १२ महिना गत साउनदेखि असार २२ सम्म ४९ हजार ९ सय ३९ संख्या व्यक्ति र संस्था कालोसूचीमा परेको कर्जा सूचना केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार २०८१ असर २२ गतेसम्म एक लाख २४ हजार ९ सय ५३ व्यक्ति र संस्था कालोसूचीमा परेका हुन् । गत आर्थिक वर्षको अन्त्यसम्म कालोसूचीमा पर्ने ऋणीको संख्या ७५ हजार १४ थियो ।
जसमध्ये अधिकांश ७५ प्रतिशतभन्दा धेरै चेक बाउन्सका कारण र बाँकी ऋण गर्न नसक्दा कालोसूचीमा पर्ने गरेको कर्जा सूचना केन्द्रले जनाएको छ ।
गत आर्थिक वर्ष ३४ हजार ८१ ऋणी संस्था तथा व्यक्तिहरू कालोसूचीमा परेको केन्द्रले जनाएको छ । कालोसूचीमा पर्नेमा व्यावसायिक संस्था तथा व्यवसायीहरू र तीनका जमानी बस्नेहरू रहेको कर्जा सूचना केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार २०७८र७९ मा १५ हजार ९९५, आर्थिक वर्ष २०७७र७८ मा ६ हजार ५१४, २०७६र७७ मा ४ हजार ६२० र आर्थिक वर्ष २०७५र७६ मा दुई हजार ८३७ ऋणी संस्था र व्यवसायीहरू कालोसूचीमा परेका थिए । तर त्यसयता कालोसूचीमा पर्नेको संख्या लगातार बढ्दो छ । अहिले दैनिक ३०० संख्या हाराहारी कालोसूचीमा पर्ने गरेको छ ।