किशोरी बलात्कार आरोपमा युवक पक्राउ  

काठमाडौँ । पाल्पामा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामपुर नगरपालिका–५, पारि बेझाडका २५ वर्षीय विक्की दमाईं छन् ।

१६ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यही जेठ ३ गते उनले ती किशोरीलाई ललाइफकाइ आफ्नै घरमा लगेर बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।