सुडानमा आन्दोलनकारीमाथि सरकारको दमन, ४० जनाको मृत्यु  

एजेन्सी । सुडानमा लोकतन्त्र समर्थक आन्दोलनकारीमाथि सरकारले गरेको दमनमा कम्तीमा ४० जनाको मृत्यु भएको छ। 

राजधानी खार्तुमसँग जोडिएको एक शहरमा भएको दमनमा अरु ५० जनाभन्दा बढी घाइते भएका छन्।

दुई दिनअघि मात्रै सुडानको गेजिरा राज्यस्थित एक गाउँमा सरकारी बलको आक्रमणमा १०० भन्दा बढी सर्वसाधारण मारिएका थिए।

स्थानीय अधिकारकर्मीका अनुसार अहिले सुडानका नागरिक सरकारी र विद्रोही दुवै समूहको मारमा परिरहेका छन्।

पछिल्लो एक वर्षदेखि जारी आन्तरिक विद्रोहका कारण सुडानमा साढे १५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने एक करोडभन्दा बढी आन्तरिक विस्थापन भएको छ।

डार्फर लगायतका क्षेत्रबाट विस्थापित हुनेको संख्या ठूलो छ भने ग्रामीण क्षेत्र हिंसाबाट थप मारमा परेका छन्।