इण्डोनेसियाको माउण्ट इबु ज्वालामुखी फेरि बिस्फोट  

एजेन्सी । इण्डोनेसियाको हलमाहेरा टापुमा रहेको इबु ज्वालामुखी फेरि बिष्फोट भएको छ। ज्वालामुखीबाट निस्किएको खरानी शिखरभन्दा १ हजार मिटरसम्म उचाइमा पुगेको थियो।

बिष्फोट दुई मिनेटभन्दा बढी समयसम्म भएको थियो। विष्फोटले बाक्लो, खैरो खरानी र कालो बादलहरू उत्तरपश्चिममा उत्सर्जन गरेको छ। यो एक हप्ताभित्र ज्वालामुखीको पाँचौँ बिष्फोट हो।

ज्वालामुखीबाट चार किलोमिटर र क्रेटरको उत्तरमा सात किलोमिटर फैलिएको खतरा क्षेत्रबाट बाहिर रहन सल्लाहसहित गतिविधिमा उल्लेख्य वृद्धि भएकोले मे १६ देखि, इबु उच्च सतर्कता स्तरमा रहेको छ। प्यासिफिक रिङ अफ फायरमा अवस्थित इण्डोनेसियामा विश्वका धेरै ज्वालामुखीहरू छन्।