धितोपत्र बोर्डको अध्यक्षमा ५ जनाको नाम सर्टलिस्ट, को-को छानिए ? 

काठमाण्डौँ - नेपाल धितोपत्र बोर्ड सेबोनको अध्यक्ष पदका लागि आवेदन दिएकामध्येबाट ५ जनाको नाम सर्टलिस्टमा छानिएको छ ।  
अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले प्रस्तुतीकरण, योग्यता र अनुभवका आधारमा १९ आवेदकमध्येबाट ५ जनाको नाम अध्यक्षका लागि सर्टलिस्ट गरेको हो ।  

समितिले चिरञ्जिवी चापागाईं, कृष्णबहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ, डा। नवराज अधिकारी र सन्तोषनारायण श्रेष्ठको नाम फाइनल गरेको हो । 
समितिले अब अन्तिम प्रस्तुतीकरणका आधारमा पाँचमध्ये ३ जनाको नाम बोर्डको अध्यक्ष नियुक्तिका लागि मन्त्रीपरिषदमा पठाउनेछ । ती ३ नामबाट एकजनालाई मन्त्रीपरिषद बैठकले अध्यक्ष पदमा नियुक्ति गर्नेछ ।  

अर्थमन्त्रालयले योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा सेबोन अध्यक्ष छनौट तथा सिफारिस समिति गठन गरेको थियो । समितिका सदस्यहरु अर्थसचिव कृष्णहरि पुस्कर र विज्ञ सदस्यको रुप्मा उदय निरौला रहेका छन् ।