अमेरिकाको फ्लोरिडामा गोली चल्दा २ जनाको मृत्यु, ७ घाइते

काठमाण्डौँ- संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामीमा’ गोली चल्दा दुई जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय कानून प्रवर्तन अधिकारीले बताएका छन् ।
 
मियामीको मनोरञ्जनस्थल सिटीप्लेस डोरालको बारमा बिहान सबेरै ग्राहकहरूबीच झगडा भएपछिसुरक्षा गार्ड, प्रहरी अधिकारी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो । उक्त घटनामा बन्दुकधारी र सुरक्षा गार्डको मृत्यु भएको छ । डोराल शहरका एक प्रहरी अधिकारी र अन्य छ जनालाई गोली लागेको छ । 

घाइते प्रहरी अधिकारीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।