आइपिएल क्रिकेट : सनराइजर्स हैदराबादलाई ५ विकेटले हराउँदै लखनउको दोस्रो जीत

एजेन्सी - इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०२३ मा गतराती (शुक्रवार रातिको)  खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले हराउँदै लखनउ सुपर जोइन्टस्ले जितेको छ।

पछिल्लो जीतसँगै अंंक तालिकामा लखनउ शीर्ष स्थानमा उक्लिएको छ।
यसअघि लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको थियो भने चेन्नई सुपर किंग्ससँग १२ रनले हारेको थियो।