सेयर बजारमा ढुक्कले लगानी बढाउन अर्थमन्त्रीको आह्वान

काठमाण्डौँ - नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा नीतिगत र व्यवहारिक सुधारको काम आफूले सुरु गरिसकेको दाबी गर्दै लगानीकर्तालाई निर्धक्क भएर लगानी बढाउन आह्वान गरेका छन् । 

सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

 ‘अहिले सेयर बजारका लगानीकर्ताको मनोबल कमजोर जस्तो देखिन्छ । ६० लाख बढी यसमा जोडिएका छन् । कमजोर मनोबललाई बलियो बनाउनका लागि आवश्यक सबैखालका सुधारहरु हुनेछन् ।

अर्थमन्त्री पुनले समस्याग्रस्त लघुवित्त संस्थाहरुलाई सरकारले बचाउने र उद्धार गर्ने उद्घोष समेत गरेका छन् ।  

उनले आफू यसअघि अर्थमन्त्री हुँदा सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी रहेको र २०११ मा पनि घरजग्गामा समस्या देखिएको स्मरण गराउँदै त्यसबेला समेत बुद्धिमतापूर्वक समस्या समाधान गरेको बताएका छन् ।