समाजका मेरुदण्डको सम्झना

काठमाडौं - काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा सुरेशराज शर्माले हामीकहाँ असल नेतृत्व हुन नसकेका कारण सुशासन कायम हुन नसकेको बताएका छन्।

सोमबार राजधानीमा ‘विचारी अहिमान श्रेष्ठ र बाटोनिगालेको सेरोफेरो’ नामक कृतिको लोकार्पण गर्दै डा शर्माले भने, ‘हामीकहाँ असल नेतृत्व हुन नसकेकै कारण सुशासन कायम हुन सकेन र त्यही कारण आर्थिक विकासमा हामी पछि पर्‍यो ।’

ऐतिहासिक सिन्धुली गढी निकटवर्ती गाउँ बाटोनिगालेमा जन्मिएर सामाजिक, शैक्षिक एवं न्यायिक क्षेत्रमा योगदान पुर्‍याएका दिवङ्गत अहिमान श्रेष्ठको २९ औँ स्मृति दिवसमा आयोजितमा सो समारोहमा संस्कृति एवं भाषिक आन्दोलनका अगुवा मल्ल के सुन्दरले बताए।