धादिङका गायक उत्सब सुब्बा लामाले हात पारे इन्टरनेस्नल अवार्ड 2023 !

काठमाण्डोँ - मलेसियामा भएको इन्टर्नेस्नल म्यूजिक अवार्ड 2023 बाट आधुनिक गीत तर्फको सर्वोत्कृष्ट गायकको बिधामा नोमिनेशनमा परेका पाँच गीत मध्येबाट गायक उत्सब सुब्बा लामाले गाउँछ मेरो दिल बोलको गीतबाट सर्वोत्कृष्ट हुँदै अवार्ड हात पारेका छन् ।
     
विगत दुई दशक लामो समयदेखि नेपाली गीत संगीत क्षेत्रमा अनवरत लागि रहेका गायक लामा धादिङमा जन्मिएका हुन् । सानो उमेरदेखी गीत संगीतमा लागेका लामाले नेपालमा गाईने सबै विधाका गीतहरू गाएका छन् । रास्ट्रीय गीत, लोकदोहोरी, सेलो, आधुनिक, पप, डान्सिङ गीत गाएका लामाको सेलो गीत र लोकदोहोरी गीतहरु रनन रन्किने, माथी माथी लेकमा, हेलम्बु बजार, धादिङ गजुरी, चन्चले जवानी, रातो साडी रातो पछेउरा, लाउरे बाउकी छोरीले,तिमीसँग जिउने, मेरो जिन्दगी, गाउँछ मेरो दिल जस्ता गीतहरु चर्चाको शिखरमा रहेको छ । 

सामान्य परिवारमा जन्मिएका लामाले संगीत क्षेत्रमा आफ्नो पाईला टेक्दा निक्कै संघर्ष गर्नु परेको  सम्झिन्छ्न् । उद्दार खबरले आयोजना गरेको कार्यक्रममा मलेसिया nrn का अध्यक्षको प्रमुख आतिथ्य तथा उद्दार खबरका अध्यक्ष सानुकान्छा शाहिको सभापतित्वमा उक्त  कार्यक्रम सम्पन्न भएको थियो। साथै नेपालका ख्यातिप्राप्त गायक गायिकाहरुको पनि सहभागिता थियो ।