ए डिभिजन लिगमा आज ३ खेल, महिलालाई प्रवेश निःशुल्क

काठमाण्डौँ - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज ३ वटा खेल हुँदैछन् ।

दशरथ रंगशालामा २ वटा र च्यासल मैदानमा एउटा खेल हुने छ ।

आजका खेलहरुमा अन्तर्राष्ट्रिय नारी दिवस परेकाले महिलालाई निःशुल्क गरिएको छ । आजको खेलमा महिलाहरु जाँदा टिकट काट्नु नपर्ने जनाइएको छ ।

ए डिभिजन लिग अन्तर्गतको आज दिउँसो साढे २ बजे च्यासलमा विभागीय क्लब एपीएफ र सातदोवाटो आमने सामने हुने छन् । यसैगरी सोही समयमा दशरथ रंगशालामा नेपाल पुलिस क्लब र हिमालय शेर्पाबीच प्रतिस्पर्धा हुँदा साँझ साढे ५ बजे मनाङ मस्र्याङ्दी र संकटा क्लब आमने सामने हुने छन् ।