कतिमा खुल्छ सर्वोत्तम सिमेन्टको दोस्रो बजारमा कारोबार ? 

 काठमाण्डौँ - सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँड भएको छ ।  
बुक विल्डिङ विधिमार्फत आईपीओ निश्कासन गर्ने पहिलो कम्पनीको रुपमा स्थापित सर्वोत्तम सिमेन्ट अब दोश्रो बजारमा कारोबार लागि सूचीकृत हुने प्रक्रियामा रहेको छ ।  

आज बाँडफाड भएको यो कम्पनीको सेयर अब नेप्सेमा लिष्टिङको प्रक्रिया अगाडि बढ्नेछ । यसका लागि बढीमा १० दिनभित्र नेप्सेमा सूचीकृत गर्ने कम्पनीको योजना छ । 

दोस्रो बजारमा आउँदै गरेको सर्वोत्तम सिमेन्टको वास्तविक प्रतिसेयर नेटवर्थ १७.७४ रुपैयाँ रहेको छ । यसकारण हालको नियमअनुसार यसको न्यूनतमा मूल्य यहि हुनेछ भने अधिकतम नेटवर्थको ३ गुणा अर्थात प्रतिकित्ता ५१५.७४ रुपैयाँ हुनेछ ।  

नेप्सेले जनाएअनुसार यही बीचमा सर्वोत्तम सिमेन्टको दोस्रो बजारमा कारोबर खुल्नेछ ।