बालकोटमा प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति निर्वाचनका विषयमा अध्यक्ष ओलीसँग छलफल

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रिपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भइरहेको छ ।

निर्वाचन आयोगले फागुन २५ गते राट्रपतिको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेको छ। जसअनुसार फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा राष्ट्रपतिका विषयमा दलहरुबीच भिन्न मत सार्वजनिक हुँदै आएको छ ।

पुस १० मा एमालेलगायत दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड र एमालेबीच राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भएको छ । जस अनुसार सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।