भूकम्पले टर्की र सीरियामा पाँच हजार बढीको मृत्यु, भत्किएका घरभित्र फसेका कैयौं मानिसको उद्धार गर्न बाँकी !

 काठमाण्डौँ - टर्की र सीरियामा सोमबार गएको भूकम्पमा परी दुवै देशका पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । मृतकहरुको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । 

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले विश्वका ७० भन्दा बढी देशबाट राहत र उद्धार कार्यमा सहयोग पठाउने प्रतिबद्धता आएको बताएका छन् । 

यसका साथै उनले देशको दक्षिण क्षेत्रका १० ठाउँमा तीन महिनाका लागि आपतकाल घोषणा गरेका छन् । पूरै विश्वभर रहेका टर्कीस नागरिक आफ्ना परिवारका सदस्यको खोजीका लागि देश फर्किएका छन् । 

राहत र बचाउ अभियानमा चिसो र हिमपातका कारण निकै समस्या परिरहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। कैयौंको जिवितै उद्धार गरिएको छ ।  कैयौं मानिसहरु भत्किएका घरभित्रबाट उद्धारका लागि गुहार मागिरहेका छन्। विश्व स्वास्थ्य संगठनले भूकम्पबाट लाखौं मानिस प्रभावित हुने अनुमान गरेको छ ।