मानव बेचबिखन र ओसारपसार गर्ने पक्राउ

 सिन्धुपाल्चोक - मानव बेचबिखन र ओसारपसार गर्ने जुगल गाउँपालिका–५ की वर्ष २५ की कविता घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत सिन्धुपाल्चोकले कवितालाई २०७२ फागुन १२ गतेको फैसलाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ९ वर्ष २६ दिन बाँकी कैद ५० हजार जरिवाना तोकेको थियो । २०७२ वैशाख १२ गतेको भूकम्पले जिल्ला कारागार भत्किएपछि कविता फरार रहेकी थिइन् ।