पाकिस्तानमा आज आमचुनाव हुँदै

काठमाण्डौँ । पाकिस्तानमा आज आमचुनाव हुँदैछ । बढ्दो महँगीले आर्थिक सङ्कट झेलिरहेका बेला पाकिस्तानी नागरिक आउँदो पाँच वर्षका लागि आफ्नो राजनीतिक भविष्य तय गर्ने तयारीमा रहेका बीबीसीले जनाएको छ । पाकिस्तानको निर्वाचन आयोगले चुनावको सबै तयारी पूरा भएको जनाएको छ ।

पाकिस्तानमा दुई सदनात्मक संसदीय प्रणाली छ । जसमा राष्ट्रिय सभाका धेरै सदस्य नागरिकले चुन्ने व्यवस्था छ । राष्ट्रिय सभामा कुल ३ सय ३६ सिटमध्ये २ सय ६६ सिटका लागि नागरिकले मतदान गर्नेछन् भने बाँकी ६० सिटमा महिला र १० सिट गैरमुस्लिमका लागि आरक्षित छन् ।