बागमती प्रदेशमा उम्मेदवारद्वारा मनोनयन दर्ता

 मकवानपुर - राष्ट्रियसभा सदस्यको आगामी माघ ११ गते हुने निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारहरुले आफ्नो मनोनयनपत्र दर्ता गराएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितजङ्ग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रको तर्फबाट श्रीकृष्ण अधिकारी तथा नेकपा एकीकृत समाजवादीको तर्फबाट घनश्याम रिजालले बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरमा मनोनयनपत्र दर्ता गराएका हुन् ।

त्यसैगरी प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फबाट विवेक देवकोटा, त्रिलोचन निर्मल पौडेल, ध्रुवराज विश्वकर्मा र रोजकुमारी चौलागाइँले पनि मनोनयनपत्र दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट हेमजङ्ग गुरुङ्, पूर्णबहादुर विश्वकर्मा, बालकुमारी ढल्लाकोटी र भरतमणि भट्टले पनि राष्ट्रियसभा सदस्यका लागि मनोनयनपत्र दर्ता गराएका छन् ।