के तपाई थाइराइडको समस्याले ग्रसित हुनुहुन्छ ? यी कुरामा दिनुस् ध्यान !

काठमाडौं । थाइराइड हाम्रो स्वास्थ्यमा असर पार्न सक्ने अर्को रोग हो । समयमै यो रोगको उपचार नपाउँदा अवस्था झन् गम्भीर बन्दै जान्छ ।

थाइराइड एकदमै सानो ग्रन्थी हो । यसले हाम्रो शरीरका धेरै महत्त्वपूर्ण काममा महत्त्वपूर्ण भूमिका खेल्छ ।

यी हुन् थाइरोइडका प्रकार

थाइराइड दुई प्रकारका हुन्छन् । थाइरोइड हर्मोनको उत्पादन बढी हुँदा त्यसलाई हाइपर थाइराइडिज्म भनिन्छ । जब हर्मोनको उत्पादन कम हुन्छ भने त्यसलाई हाइपोथाइराइडिज्म भनिन्छ ।

थाइराइडलाई समयमै नियन्त्रण गर्न सकिएन भने धेरै गम्भीर रोगको कारण बन्न सक्छ । थाइरोइड हार्मोन प्रजनन, मानसिक स्वास्थ्य र हृदय गतिसहित शरीरको अन्य धेरै कार्यहरूका लागि महत्वपूर्ण हुन्छ ।

थाइरोइडका लक्षणबारे जान्न धेरै महत्त्वपूर्ण छ । किनभने यसलाई समयमै उपचारले निको पार्न सकिन्छ ।

थाइरोइड रोगीका लागि आहार

यदि, तपाईं शरीरमा थाइराइडका कारण हुने सबै प्रकारका समस्याबाट बच्न चाहनुहुन्छ भने आफ्नो खानपानमा विशेष ध्यान दिनु पर्छ ।

औषधिले मात्र मद्दत गर्दैन । व्यायाम, तनाव स्तर र निद्राको ढाँचामा ध्यान दिनु पर्छ ।

– थाइराइडमा सबै प्रकारका तरकारी खान सक्नु हुन्छ । तरकारीलाई राम्ररी पकाएर खानुहोस् ।

– एकै पटक धेरै नखानुहोस् । थोरै थोरै खाने बानी स्वास्थ्यका लागि हरेक हिसाबले राम्रो हुन्छ ।

– राजमा सकेसम्म धेरै खानुहोस् । किनभने यसमा सेलेनियम हुन्छ । जुन थाइरोइड हर्मोन उत्पादनमा महत्त्वपूर्ण छ ।

– तामा र आइरन युक्त खाने कुरा सेवन गर्दा थाइराइडमा पनि धेरै फाइदा हुन्छ ।

– क्याल्सियम युक्त खाने कुरा पनि खानु पर्छ । दही, पनिर, दुध यी सबै चिज थाइराइडका बिरामीका लागि फाइदाजनक हुन्छ ।

तर, थाइराइडका बिरामीले मदिरा, कफी, ग्रीन टी, चिसो पेय पदार्थ खानु हुँदैन । यसले अवस्था बिग्रन सक्छ ।