माउन्टेन इनर्जी नेपालको लाभांश घोषणा, बोनस कति  ? 

काठमाण्डौँ - माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट  १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्  ।