दुई हप्तापछि भूकम्प प्रभावित क्षेत्रबाट एमालेको स्वयंसेवक टोली फर्कियो

काठमाडौँ - गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रमा खटिएको एक हजार बढी नेकपा एमालेको स्वयंसेवकको टीम दुई हप्ता बढी सेवा गरेर फर्किएको छ ।

जाजरकोट र रुकुम पश्चिममा पार्टीको निर्णय अनुसार खटिएको दक्ष जनशक्ति सहितको टोलीले १५ दिनभन्दा बढी उद्वार तथा पुर्ननिर्माणको काम गरेको हो । कार्तिक १७ गते भूकम्प गएपछि मध्यरातदेखि नै जाजरकोट र रुकुमका स्थानीय पार्टी नेता कार्यकर्ताहरू उद्धार कार्यमा परिचालित भएका भए पनि दक्ष कामदार सहितको जिफण्टको टोलीले मङ्सिर १ गतेबाट र अन्य स्वयंसेवकले मङ्सिर ३ गतेबाट काम गरेका थिए ।