कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, बच्ला त कार्की सरकार ?

 काठमाण्डौँ - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा  कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।

गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।