जर्मनका राजदूत र गृहमन्त्री लेखकबीच शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपालका लागि जर्मनका राजदूत डा. थोमस पिन्जबीच शिष्टाचा भेटवार्ता भएको छ ।

बुधबार बिहान गृहमन्त्रालयमा लेखकसँग भेतवार्ता भएको गृहमन्त्रालयको सचिवालयले जनाएको छ ।

भेटमा नेपाल र जर्मनबीचको आपसी पारस्पारिक सहयोगको विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ ।

 गृहमन्त्री लेखकले जर्मनले अहिले गरिरहेको सहयोग आगामी दिनमा पनि रहिरहने विश्वास व्यक्त गर्दै सहयोगको लागि धन्यवाद समेत दिएका छन् ।