सांसद दीपकबहादुर सिंहले आँखा अस्पताललाई दिए एक वर्षको तलब

काठमाडौँ ।  संघीय सांसद दीपकबहादुर सिंहले आफूले प्राप्त गरेको पारिश्रमिकमा थपेर ९ लाख ९९ हजार ९ सय ९९ रुपैया हेटौंडाको सामुदायिक आँखा अस्पताल (तिलगङ्गा) लाई सहयोग प्रदान गरेका छन् ।

मकवानपुर जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य, पूर्वाधार विकास समितिका सभापति सिंहले तिलगंगा आँखा आस्पतालका प्रबन्ध निर्देशक डाक्टर सन्दुक रुइतको हात मार्फत चेक अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

पूर्व राज्यमन्त्री समेत रहिसकेका सिंहले राज्यबाट आएको तलब जनताले तिरेको करबाट आएकोले आफूले त्यो रकम नखाने र आँखा अस्पताललाई दिने निर्वाचनको बेलामा जनतासँग वाचा गरेको बताए ।

चेक बुझ्दै डाक्टर रुइतले संघीय साम्सद सिंहले पवित्र मनसायले दिएको रकम अति सिमान्त समुदायको लागि लगानी प्रतिबद्धता जनाए ।