कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, दुई मन्त्री नियुक्त

विराटनगर - कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथसँगै मुख्यमन्त्री थापाले सानो मन्त्रिमण्डल गठन गरेका छन् । उनले नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगु र नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवारलाई मन्त्री बनाएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख खापुङले शपथ गराएका छन् । नवनियुक्त मन्त्रीद्वयको कार्य विभाजन भने पछि तय हुने बताइएको छ ।