साइकल पुलमा छाडेर नारायणी नदीमा हाम फाले एक व्यक्ति  

काठमाडौँ । चितवनको नारायणी नदीमा एक व्यक्तिले हाम फालेका छन् । आइतबार बिहान १०ः४० बजे तिरको समयमा नवपुलरको गैँडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी पुलबाट करिब ५० वर्षीय एक पुरुषले हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनी साइकलबाट झरेर पुलबाट बाढी उर्लिएको नारायणीमा हाम फालेको प्रहरीले जनाएको छ । अहिले विपत् व्यवस्थापन सहितको प्रहरी टोली खटिइ उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गुलाबी रंगको साइकलमा आएका उनले पुलमा छाडेको साइकल, चप्पल र टोपी लगायतका सामान भेटिएका छन् ।