रास्वपाको आगामी बजेट अधिवेशनको  तयारी गर्न संसदीय दलको बैठक बस्दै

काठमाडौँ - सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको बैठक मंगलबार बस्दैछ । संसद्को बर्खे अधिवेशन यही वैशाख २८ गतेबाट प्रारम्भ हुँदैछ । 

आगामी बजेट अधिवेशन र सरकारको नीति कार्यक्रमबारे बैठकमा  संसदीय कामकारबाहीबारे पनि छलफल हुने तयारी रहेको छ । संसदीय दलको बैठकमा इलाम—२ को उपनिर्वाचनको पनि समीक्षा हुनेछ । वैशाख १५ गते भएको उपनिर्वाचनमा रास्वपा चौथो भएको थियो । 

नेकपा एमाले का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बू चौथो भएको थिए । उनले ५ हजार ५० मत प्राप्त गरेका थिए।नेपाली काग्रेसले सहकारीको विषयमा छानविन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।