'नागरिकता विधेयकमा सहमतिको प्रयास भइरहेको छ' : मन्त्री शर्मा

काठमाण्डौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नागरिकता विधेयकमा सहमतिको प्रयास भइरहेको बताएकी छिन् । 

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले नागरिकता विधेयकमा राजनीतिक दलहरूका बीचमा सहमतिको प्रयास भइरहेको बताईन् । उनले नागरिकता विधेयक छिटोभन्दा छिटो ल्याउन सरकारको प्राथमिकतामा परे पनि सहमति खोज्ने प्रयास हुँदा समय लागेको बताईन् । विगतका समस्या नदोहोर्‍याउन सहमतिका लागि प्रयास गरिएको उनको भनाइ छ ।