१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

काठमाडौँ । भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका १ घर भएका २३ वर्षीय अमृत थापा मगर छन् ।

उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । अमृतले ती बालिकालाई गत माघ १८ गतेदेखि पटक(पटक बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।