आज शेयर बजारमा दोहोरो अंकको वृद्धि, सवा चार अर्ब नाघ्यो कारोबार

काठमाडौँ - निरन्तर घटिरहेको शेयर बजार आज भने दोहोरो अंकले उचालिएको छ । कारोबार रकम पनि सवा ४ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार २२.७५ अंकले बढेको हो । १.१३ प्रतिशतले बजार बढ्दा नेप्से २०२६.८१ अंकमा उक्लिएको छ । 

आज ३११ कम्पनीका १ करोड १२ लाख १० हजार १ सय २ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३ सय २२.५६ रुपियाँ बराबरको करोबार भएको हो । 

बजार बढेको दिन विभिन्न ८ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकारी फाइनान्स र गुराँस लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् । 

आज नेपाल रि–इन्स्योरेन्सको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको हो । उक्त कम्पनीको ९५ करोड २० लाखको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।