शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

काठमाण्डौँ - यो दिन नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर सेयरको सर्वाधिक कारोबार भयो । आज यो कम्पनीको प्रमोटर सेयरको ९५ करोड २० लाखको कारोबार भएको छ ।  

यस्तै गोर्खाज फाइनान्सको १९ करोड ४ लाख,सूर्यज्योति लाइफको ११ करोड २९ लाख,सर्वोत्तम सिमेन्टको ९ करोड ९३ लाख र नेपाल फाइनान्सको ८ करोड ७९ लाख बढीको सेयर कारोबार भएको छ ।  

आज ७ वटा कम्पनाीको सेयरमूल्यमा सकारात्मक ससर्कट लागेको छ । आज नेपाल फाइनान्स,पोखरा फाइनान्स,जानकी फाइनान्स र गुराँस लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।  

त्यस्तै मानुषी लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशत,विन नेपाल लघुवित्तको ९.७४ र दोल्ती लघुवित्तको सेयरमूल्य ९.५५ प्रतिशतले वृद्धि भएको छ ।  
आज तारागाँउ रिजेन्सी होटलको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो । यो दिन कालिका लघुवित्तको सेयरमूल्य ४.३५ प्रतिशत र सूर्यज्योति लाइफको सेयरमूल्य २.७६ प्रतिशतले घट्यो ।