भलिबलकी अरुणा शाहीलाई उत्कृष्ट महिला खेलाडीको अवार्ड

काठमाण्डौँ - नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् ।

मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरेर शाहीलाई वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड दिएको हो । 

अरुणाको कप्तानीमा नेपालले लगातार दोस्रो पटक एभीसी एसियन सेन्ट्रल जोनको उपाधि जितेको थियो । उनी यस प्रतियोगितामा ुबेस्ट सेटरु चुनिएकी थिइन् । अवार्ड जित्ने क्रममा अरुणाले क्रिकेटकी रुबिना क्षेत्री, सीता राना मगर, पुष्पा भण्डारी र वपुनम रावललाई पछि पारिन् ।