आजको शेयर बजार ४.९२ अंकले बढ्यो, सबैभन्दा बढी आज कस्ले कमाए ? 

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले सुधार देखिएको छ । बुधबार नेप्से ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा पुगेको छ । 

आज ३१३ धितोपत्रको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर दुई अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रुपैयाँमा किनबेच भएको छ । १३ उपसमूहमध्ये सात वटाको समूहगत सूचक बढेको छ । ६ वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

गुरास लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र इस्टन हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । ९.५ प्रतिशत एनसीसी डिभेन्चरको सेयर मूल्य ५.२५ प्रतिशत र युनाइटेड अजोड इन्स्सोरेन्सको ४.८७ प्रतिशतले घटेको छ ।