फिलिपिन्समा पहिरोमा पुरिएका ४५ जनाको सकुशल उद्धार

एजेन्सी । फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दि ओरो प्रान्तको एक खानीमा मङ्गलबार गएको पहिरोमा परी पुरिएका  ८६ जनामध्ये  ४५ जनाको सकुशल उद्दार गरिएको   एक सैनिक प्रवक्ताले बुधबार जानकारी दिएका छन् ।

जनवरी २८ देखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोको चपेटामा परेको दाभाओ क्षेत्रको एक प्रान्त डिभाओ दि ओरो क्षेत्रका बाढी र पहिरोका कारण करिब आठ लाख मानिस प्रभावित भएको र २० जनाभन्दा बढीको मृत्यु भएको सरकारले जनाएको छ ।

सेनाको पूर्वी कमाण्डकी प्रवक्ता रोजा मा क्रिस्टिना रोसेट म्यानुएलका अनुसार उक्त क्षेत्रमा रहेको एक खानी कम्पनीका थप ४१ जना कर्मचारी अझै बेपत्ता छन् । म्यानुएलका अनुसार ४५ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ र उनीहरूलाई तत्काल हवाई मार्ग हुँदै यपचारका लागि पठाउने तयारी भइरहेको छ ।

प्रान्तीय प्रकोप रोकथाम एजेन्सीका एड मकापिलीले रेडियो अन्तर्वार्तामा जनाएअनुसार बुधबार बिहानै पहिरोमा परेकाहरूको उद्धार कार्य पुनः सुरु गरिएको छ । दाभाओ दि ओरो प्रान्तको तटीय खानी सहर माकोको एउटा खानीस्थल नजिकै स्थानीय समयअनुसार मङ्गलबार साँझ ७ः५० बजे पहिरो गएको थियो ।

गत जनवरी २८ देखि लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोको चपेटामा परेको दाभाओ क्षेत्रको एक प्रान्त डिभाओ दि ओरो क्षेत्रका बाढी र पहिरोका कारण करिब आठ लाख मानिस प्रभावित भएको र २० जनाभन्दा बढीको मृत्यु भएको सरकारले जनाएको छ ।