सुनचाँदीको मूल्य स्थिर, कतिमा  हुँदैछ कारोबार ?

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार पनि सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ५०० रहेको छ भने तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको छ ।

गत बिहीबार र शुक्रबार पनि यही मूल्यमा सुन र चाँदीको कोरोबार भएको थियो । यसअघि गत बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २० हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख २० हजार २०० र चाँदीको मूल्य १ हजार ४५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।