राष्ट्रियसभा निर्वाचन : कांग्रेसले पाएको १० सिट, ४ सिटमा कोइराला-थापा पक्षको दाबी

काठमाडौं । सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १० सिट पाएको छ । पार्टीले पाउने सिट टुंगो लागेपछि डा. शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले ४ सिट आफूहरूले पाउनु पर्ने दाबी गरेको छन् ।

आइतबार दिउँसो बस्ने पार्टीको कार्य सम्पादन समितिको बैठकअघि सभापति शेरबहादुर देउवाले पार्टीभित्र आन्तरिक छलफल गरेका छन् ।

स्रोतका अनुसार राष्ट्रियसभा उम्मेदवारबारे छलफल गर्न कोइराला-थापासहित इतर पक्षका नेताहरू धुम्बाराही पुगेका थिए ।