आज पनि घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ? 

 काठमाडौँ - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा आठसयले घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले घटेको छ । चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको हो ।