आजको शेयर बजार : नेप्से सामान्य अङ्कले बढ्यो, कारोवार रकम कति ? 

काठमाण्डौँ - नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको हो । 

बुधबार ३७ लाख ५५ हजार एक सय २४ कित्ता शेयर खरिदबिक्रीबाट रु एक अर्ब १४ करोड १८ लाख १२ हजार तीन सय ८२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक दशमलव २१ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ७० प्रतिशतले घटेको हो ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड नौ दशमलव १३ प्रतिशतले घटेको छ ।