विश्वकप क्रिकेटमा साविक उपविजेता न्यूजिल्याण्डको विजयी सुरुवात

काठमाडौँ - भारतमा सुरु भएको एकदिवसीय विश्वकप क्रिकेटमा साविक उपविजेता न्यूजिल्याण्डले विजयी सुरुवात गरेको छ । अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ९ विकेटले हराउँदै जितसहित सुरुवात गरेको छ ।

 ईंग्ल्याण्डले २०१९ को विश्वकपमा न्यूजिल्याण्डलाई हराउँदै उपाधि जितेको थियो ।