बागमती प्रदेश सभा बैठक असोज २१ गते बस्ने

 हेटौंडा - बागमती प्रदेश सभाको बैठक यही असोज २१ गते आइतबार दिउँसो ३ बजे बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार सभामुख भुवनकुमार पाठकले आइतबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।

यसअघि बुधबार बैठक बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो ।