डेङ्गु सङ्क्रमणका कारण एक जनाको मृत्यु

काठमाण्डौँ- डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा ईडीसीडीका अनुसार २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको हो ।

७७ जिल्लामध्ये ७३ जिल्लामा डेङ्गु सङ्क्रमण फैलिएको छ । सबै भन्दा बढी सङ्क्रमित सङ्ख्या २८७ जना काठमाडौं जिल्लाका छन् । भक्तपुर ४२  जनामा र ललितपुरका ३१ जनामा डेङ्गु पुष्टि भएको हो । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेङ्गु फैलिएको छ।देशभर २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये तीन सय ६० जना काठमाडौं उपत्यकामा फेला परेका हुन् । डेङ्गु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् । 

यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान समेत गरिएको छ ।