प्रतिशोध साध्न कुलमानलाई पदमुक्त वा अन्य कुनै प्रक्रिया अघि बढए आन्दोलनमा उत्रने मोर्चाको चेतावनी

काठमाडौँ ।तामाङ राष्ट्रिय मुक्ति मोर्चाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमालाई घिसिङलाई प्रतिशोधकै लागि कुनै कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अपनाए आन्दोलनमा जाने चेतावनी दिएको छ ।

डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरूको बाँकी बक्यौता असुल गर्ने सम्बन्धमा विकसित घटनाक्रमबारे आफ्नो संगठनको ध्यानाकर्षण भएको भन्दै मोर्चाले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

‘विद्युत् प्राधिकरणको उठ्न बाँकी रकम असुल उपर गर्न पहलकदमी लिइरहेका कार्यकारी निर्देशक घिसिङलाई प्रतिशोधपूर्ण ढंगले कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाएको खण्डा हाम्रो मोर्चा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छ ।’मोर्चाका केन्द्रीय अध्यक्ष डिल्लीमान तामाङ र महासचिव लिलाकुमार घलानद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

साथै मोर्चाले प्राधिकरणको तिर्न बाँकी बक्यौता उद्योगीहरूले नतिरेसम्म विद्युत् उपभोग गरिरहेका आम नागरिकले समेत कुनै पनि बक्यौता नतिरीकन आफूहरूको आन्दोलनमा ऐक्यबद्धता जनाइदिनका लागि अपिल समेत गरेको छ ।

 

WhatsApp Image 2024-08-05 at 6.46.34 PM